बझाङ । बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना जिल्लाको छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । सर्वदलीय बैठकले छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको जनाएको छ । मतगणना २ सिफ्टमा संचालन हुने छ ।

शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मतदान भएको छ । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धा रहेको थियो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह चुनावी मैदानमा छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार प्रतिस्पर्धामा छन्।

फोटो : सत्यराज सिंह बझाङ ।

प्रतिक्रिया

सम्बन्धित खवर