प्यूठान । प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को शवलाई प्यूठान अस्पताल विजुवारमा राखिएको छ । हिजो उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि परिवारले पोष्टमार्टम गर्नुपर्ने भन्दै शव बुझेका छैनन् ।

 

६३ वर्षीय भेलु बाजेको कुटपिटबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन् । परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिने तयारी गरेको जनाएका छन् । तर जिल्ला प्रहरी कार्यालय प्यूठानले अहिलेसम्म लिखित रुपमा निवेदन आईनपुगेको जनाएको छ ।

 

भेलु बाजेको विहीबार बुलका ७ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी सम्झना श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा साढे १ बजे भर्ना हुनुभएका भेलु बाजेको श्वासप्रश्वासमा समस्या रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुगर, प्रेसर कम थियो । शरिरमा सामान्य चोटपटक देखिएको अस्पतालले जनाएको छ । शव अस्पतालमै रहेको र पोष्टमार्टमका लागि प्रहरीबाट निवेदन आउनुपर्ने श्रेष्ठले बताउनुभयो ।

भेलु बाजेका परिवारले कुटपिटपछि उहाँको मृत्यु भएको भन्दै उजुरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय