काठमाडौं । नेकपा (मसाल) ले इलामका जनताले उपनिर्वाचनमार्फत राजावादी, जातीवादी तथा अमेरिकापरस्त संगठनहरूलाई हराएर उच्च चेतना देखाएको भन्दै बधाई दिएको छ ।

हालै सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुन्भएको छ । मसालले एमाले, कांग्रेस वा माओवादी जो विजयी भएपनि लोकतन्त्र पक्षधरको जित हुने बताउँदै आएको थियो ।

महामन्त्री मोहनविक्रम सिंहले बिहीबार जारी गर्नुभएको प्रेस वक्तव्यमा इलामको उपनिर्वाचन सामान्य घटना भएपनि यसले देशको राजनीतिमा गम्भीर महत्व राख्ने बताउनुभएको छ ।

इलामको निर्वाचनले जनतामा भ्रम पैदा गरेर २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्ने उद्देश्य राखेको अमेरिकापरस्त संगठन (राष्ट्रिय स्वतन्त्र पार्टी) को उद्देश्य पूरा नहुने स्पष्ट भएको पनि मसालको ठहर छ । #युगदर्शनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय