गुल्मी । गुल्मीको छत्रकोटमा स्वर्गिय जीवन बाबु पन्थको स्मृतिमा क्लबको भवन निर्माण हुन लागेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ हर्दिनेटामा नवप्रगतिशिल युवा क्लबका स्वर्गिय अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा आफनै ‘जीवन बाबु स्मृति भवन’ निर्माण हुन लागेको हो ।

निर्माण हुन लागेको भवनको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गरेका हुन् । गतवर्ष मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका नवप्रगतिशिल युवा क्लबका अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा भवन बनाउन लागेको हो ।

भवन निर्माण गर्नका लागि छत्रकोट गाउँपालिकाले यस आर्थिक वर्षमा निशुल्क रुपमा जग्गा र ५ लाख रुपैयाँ बिनियोजन गरेको छ । भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले यस भवन निर्माण कार्यमा गाउँपालिकाले आबश्यक सहयोग गरेको बताउनुभयो ।

उहाँले यस भवन निर्माण कार्य सम्पन्न गर्न पालिकाको तर्फबाट आबश्यक सहयोग रहिरहने बताउनुभयो । नवप्रगतिशिल युवा क्लबका अध्यक्ष पन्थले क्लबको भवन निर्माण गर्ने सोच रहेकाले उहाँको त्यो सोच पुरा गर्नका लागि ‘जीवन बाबु स्मृति भवन’ निर्माण गर्न सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष जनक पन्थले बताउनुभयो ।

भवन साढे २ तलाको बनाउने गरि स्टेमेट तयार गरिएको छ । भवन निर्माण कार्य सम्पन्न गर्न ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संस्थापक अध्यक्ष पन्थले बताउनुभयो ।

भवन निर्माण गर्न गाउँपालिका बाहेक अन्य सहयोग रकम रहेको छैन् । अब भवन निर्माण कार्य सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिहरुसँग सहयोग रकम संक्लन गरेर निर्माण कार्य सम्पन्न गरिने पन्थले बताउनुभयो ।

क्लबले नवप्रगतिशिल युवा क्लबका अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा मैन डाँडा माबिका १ लाख ६९ हजारको अक्षय कोष समेृत स्थापना गरेको छ । छत्रकोट गाउँपालिकामा स्थापना भएको नवप्रगतिशिल युवा क्लबले विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय