प्यूठान । भुमेकाथान आधारभूत विद्यालयको ३६ औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । गौमुखी गाउँपालिका-७ नारिकोट बाझचौरमा रहेको विद्यालयले एक औपचारिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबीर रानाले शिक्षा क्षेत्रको बिकासका लागि पालिकाले पहल गर्दै आएको बताउनुभयो । उहाँले पालिकाले विद्यार्थीको सिकाई उपलब्धी बढाउन, भौतिक पुर्वाधार बिकास गर्न, जनशक्तिको क्षमता बिकास गर्न ध्यान दिदै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयप्रति अभिभावक र स्थानीयले गरेको योगदानको प्रशंसा गरेका थिए । लाखौं रुपियाँ सहयोग उठाएर गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि समुदायको लगानी अनुकरणीय रहेको बक्ताहरुको भनाई छ ।

विद्यालयमा अहिले ७ कक्षासम्म अध्ययन हुँदै आएको छ । २०७२ सालमा अंग्रेजी माध्यमबाट पढाउन शुरु भएको विद्यालयमा अहिले कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुदै आएको विद्यालयले जनाएको छ । बिद्यालय संचालन गर्न स्थानीयले आर्थिक सहयोग गरेका छन । हाल विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्ययनरत छन । कार्यक्रममा प्रधानाध्यापक पदम बहादुर खड्काले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

बिद्यालय २०४० सालमा स्थापना भएको प्रधानाध्यापक खड्काले बताउनुभयो । स्थानीयले चन्दा संकलन गरेर बिद्यालय संचालन भएको थियो । कार्यक्रममा जग्गादाता, चन्दादाता, पुर्व अध्यक्ष, पुर्व प्रधानाध्यापक लगायतलाई सम्मान गरिएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिद्यालय ब्यबस्थापन समितिका सदस्य हुकुम बहादुर थापाले र संचालन शिक्षक बल बहादुर बि.क.ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय