प्यूठान । ३१ औं मदन आश्रित स्मृति दिवस प्यूठानमा मनाएको छ । नेकपा (एमाले) को पार्टी कार्यालय उमेशचन्द्र स्मृति भवन बिजुवारमा एक कार्यक्रम गरि दिवस मनाईएको हो ।

कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले मदन आश्रितले देखाएको बाटोबाट पार्टी र नेता कार्यकर्तालाई डोर्‍याउन सके आउँदो निर्वाचनमा एमाले देशकै पहिलो दल बन्ने बताउनुभयो । उहाँले मदन आश्रितले निर्माण गर्नुभएको आदर्शलाई आत्मसात गर्न एमाले कार्यकर्ताहरुलाई अपील गर्नुभयो । जनताको बहुदलीय जनवादको मार्गनिर्देशन अनुसार पार्टी र कार्यकर्ताहरु परिचालित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं पार्टीका पुर्व अध्यक्ष तुल्सीराम शर्मा लगायत बिभिन्न नेता कार्यकर्ताले मदन आश्रितको तस्बिरमा टिका लगाईदिएका थिए ।

२०५० जेठ ३ गते मदन भण्डारी र जिवराज आश्रित चढेको जीप चितवनको दास ढुंगामा दुर्घटना हुँदा दुबै जनाको ज्यान गएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय