काठमाडौं । काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरको एटिआर विमान अवतरण नगरी काठमाडौं फर्किएको छ । बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा नेपालगन्जका लागि उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा पुनः काठमाडौँ फर्किएको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिनुभएको छ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहका अनुसार नेपालगन्ज विमानस्थलमा अत्याधुनिक हुस्सु लागेको कारण विमान अवतरण गर्न नसक्ने बताउनुभयो । अहिले बिमान पुन काठमाडौँ काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको उहाँले बताउनुभयो ।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर