
महेश थापा
बाहाने । मंगलबार परेको अत्याधिक वर्षातले नौबहिनी गाउँपालिका क्षेत्रका विभिन्न सडकमा पहिरो जाँदा अवरुद्ध भएका छन् । वर्षातका कारण बाहाने–खवाङ सडक खण्ड, बाहाने–लिघा–डामृ सडक खण्ड र बाहाने–बाग्दुला सडक खण्डका विभिन्न ठाउँमा पहिरो गएको हो
बाहाने–खवाङ सडक खण्ड रातीदेखी नै सूचारु भएको छ भने बाहाने–बाग्दुला सडक खण्ड केहिबेर अघिदेखी सुचारु भएको छ । बाहाने–लिघा–डामृ सडक खण्ड सुचारुका लागि मर्मतको काम भैरहेको छ । हावाहुरी र पानीले नौबहिनी गाउँपालिका– ६ पिपलटारीमा युवराज थापाको घरमा क्षती पुगेको छ । घरमा बस्न नमिल्ने गरि पानी पसेर लत्ताकपडा लगायतका समाग्री भिजेको परिवारले जनाएको छ ।