प्यूठान । जिल्ला स्थित विभिन्न पशुपन्छी व्यवसायसँग सम्वन्धित किसानले पशुजन्य उत्पादनको मूल्य निर्धारण गर्नुपर्ने बताएका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले आयोजना गरेको जिल्ला स्थित विभिन्न समुह, सञ्जाल तथा सरोकारवालाको बैठकमा उनीहरुले मूल्य निर्धारणको लागि आग्रह गरेका हुन् ।

 

जिल्लामा मूल्य निर्धारण नगरिदा किसानहरु मर्कामा पर्ने गरेको भन्दै सहभागीले यस विषयलाई जिल्लाको सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । साथै बैठकले दुध, माछा र मासुको मूल्य निर्धारणका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

 

त्यसैगरी जिल्लाका किसानहरुले गाईभैसीमा बाझोपनको समस्याका कारण विक्री वितरण गर्ने गरेको पाइएको भन्दै बाझोपनको उपचारका लागि एकीकृत कृषि तथा पशुपन्छी कार्यालयले प्राविधिक टोली परिचालन गर्ने निर्णय भएको छ । साथै माछा, मासु र डेरीको अनुगमन गरि दर्ता नभएका व्यवसायलाई दर्ता गराउन पहल गर्ने निर्णय भएको छ ।

 

जिल्लामा अवैध रुपमा हुने माछा, मासु, अण्डा, गाई, भैसी, खसीबोकाको निकासी पैठारीलाई रोक्न सरोकारवाला निकायसँगको समन्वयमा अनुगमन गर्ने निर्णय भएको कार्यालयका प्रमुख उमेशचन्द श्रेष्ठले जानकारी दिनुभयो । बैठकको सहजीकरण पशु चिकित्सक गणेश बहादुर पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय