प्यूठान । जिल्लाका विकट क्षेत्रमा रहेका विद्यालयमा स्मार्ट टिभि सहितका सामाग्री वितरण गरिएको छ । स्मार्ट एजुकेशन हब कार्यक्रम अन्र्तगत ग्रामीण क्षेत्रमा रहेका सात वटा विद्यालयलाई नेपाल जेसुईट सामाजिक संस्थाले सामाग्री प्रदान गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय प्यूठानले समन्वय गरेर सात वटा स्थानीय तहमा रहेका विद्यालयलाई ५५ इन्चको स्मार्ट टिभी, ट्याबलेट र वाईफाई राउटर प्रदान गरेको प्रहरी नायब उपरीक्षक इश्वर थापाले बताउनुभयो ।

 

स्वर्गद्धारी नगरपालिका–५ को नेपाल राष्ट्रिय आधारभुत विद्यालय, नौबहिनी गाउँपालिका–१ को सरि प्रकाश आधारभुत विद्यालय, गौमुखी गाउँपालिका–१ को महेन्द्र आधारभुत विद्यालय, झिमरुक गाउँपालिका–१ को अमरसिंह प्राथमिक विद्यालय, ऐरावती गाउँपालिका–१ को बालशिक्षा आधारभुत विद्यालय, सरुमारानी गाउँपालिका–६ को ऐश्वर्या नेपाल प्राथमिक विद्यालय र प्यूठान नगरपालिका–५ को ज्ञानज्योति प्राविलाई उक्त सामाग्री प्रदान गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय