प्यूठान । माण्डवी गाउँपालिका-३ मा ३ महिने नि:शुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन भएको यूवा क्लबको मागलाई सम्बोधन गर्दै कक्षा १० र १२ का परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरि तालिम सञ्चालन गरिएको हो ।

वडाध्यक्ष धनेन्द्र कार्कीले आफ्नो ब्यक्तिगत खर्चमा तालिम संचालन गर्नुभएको हो । आफुले पाउने सेवा सुबिधाको रकम तालिममा खर्च गर्न लागेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

सोमबार देखि औपचारिक रुपमा तालिमको उद्घाटन भएको समेत वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा संचालन हुने तालिमको प्रशिक्षक दिवाकर नुनिया रहनुभएको छ ।

माण्डवी गाउँपालिका ३ नं वडाका यूवा क्लबको आयोजनामा भएको तालिमको आर्थिक सहयोग वडाध्यक्ष धनेन्द्र कार्की, व्यवस्थापकीय सहयोग माण्डवी माध्यमिक विद्यालयले गरेको छ ।

माण्डवी गाउँपालिका ३ का यूवा क्लबका अध्यक्ष अभिषेश रसाईलीको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि वडाध्यक्ष धनेन्द्र कार्की रहेका थिए । उद्घाटनमा विद्यालयका शिक्षक, वडा सदस्य, वडा सचिव, विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय