प्यूठान । नेकपा (एमाले) प्यूठानको अध्यक्ष सहित ३ पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्ष, उपाध्यक्ष र उप–सचिव पदमा निर्वाचन हुने भएको हो ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष पदका लागि पनि ३ जनाकै उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवर र श्याम थापाले उम्मेदवारी दिनुभएको छ ।

उप–सचिव पदका लागि हिरामणी भण्डारी, बालाजु श्रेष्ठ र रामचन्द्र केसीको उम्मेदवारी परेको छ ।
निर्वाचन कमिटीले विहानैदेखी मतदानको तयारी थालेको जनाएको छ । विहान ८ बजेदेखी मतदान शुरु गर्ने गरि तयारी भइरहेको कमिटीले जनाएको छ ।

सचिव र उप–सचिव सर्वसम्मत
पदाधिकारीमा सचिव इन्द्रमणी पोख्रेल र समावेशी उप–सचिवमा इश्वरा आचार्यको नाम सर्वसम्मत भएको छ । त्यसैगरी ९ वटै पालिकाबाट जिल्ला कमिटी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

८९ सदस्यीय जिल्ला कमिटी हुने व्यवस्था रहेको छ । जिल्ला कमिटी सदस्यमा ४ महिला सहित १२ जना दलित, ४ महिला सहित १३ जना युवा, ९ महिला सहित २७ जना भूगोल तर्फ र १२ महिला सहित २९ जना सदस्यताको आधारमा पालिकाबाट जिल्ला कमिटी सदस्य चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय