प्यूठान । माण्डवी गाउँपालिका-३ लामाचौरमा फेला परेको प्लास्टिक ग्रिनेट नेपाली सेनाले डिस्पोज गर्न लागेको छ । लामाचौर स्याउलिघारी नजिक स्थानीयले माछा मार्ने क्रममा जालमा फेला परेको ग्रिनेट बम डिस्पोज गर्न लागिएको हो ।
स्थानीयले भेटाएको उक्त बम अस्थाई प्रहरी पोष्ट लामाचौरले नेपाली सेनालाई जिम्मा लगाएको प्रहरी प्रमुख ईश्वर थापाले बताउनुभयो ।
नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । ग्रिनेट आज डिस्पोज गर्ने तयारी भएको बर्द बहादुर गण प्यूठानका प्रमुख सेनानी रमेश थापाले बताउनुभयो ।