बाहाने । नौबहिनी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयलाई विपद उदारसँग सम्बन्धित सामाग्री प्रदान गरेको छ । आज गाउँपालिकामा एक कार्यक्रमका बीच नौबहिनीलाई प्रहरीलाई सामाग्री हस्तान्तरण गरेको हो । ४ लाख २९ हजार ५८९ रुपियाँको सामाग्री गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

 

इलाका प्रहरी कार्यालय बाहाने सहित प्रहरी चौकीहरुमा समेत राखिने जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । वातावरण तथा विपद व्यवस्थापन समिति नौबहिनी गाउँपालिकाका संयोजक भिम बहादुर घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा, प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, बिभिन्न वडाका वडा अध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, नौबहिनी गाउँपालिका विपद व्यवस्थापनका सम्पर्क अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

२०८० कात्तिक १९ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो, डढेलो, भुकम्प जस्ता बिपद् जुन सुकै बेला आई पर्ने भएकोले विपद् उद्दारसंग सम्बन्धित सामाग्रीहरु सबै स्थानीय तहले नजिकको प्रहरी चौकीमा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्लाका स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्र भित्र पर्ने प्रहरी युनिटहरुलाई सवलिकरण गर्न विपद प्रकोप उद्दार सामाग्रीहरु प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय