प्यूठान । विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वयमा रक्त सञ्चार केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको हो ।

उक्त अवसरमा सात जनाले रक्तदान गरेको स्वयंसेवी रक्तदाता समाजका जीवन खनालले जानकारी दिनुभयो । दिवसको अवसरमा युवा संगठन नेपालले समेत आज रक्तदान गरेको छ । कार्यक्रममा ८ जनाले रक्तदान गरेको खनालले जानकारी दिनुभयो ।

रेडक्रस प्यूठानले विहान आयोजना गरेको कार्यक्रममा रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामीको अध्यक्षता, प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यता र प्यूठान अस्पतालका डा. राजेन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

प्यूठानमा ०६८ बैशाख २५ गते आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना भएको हो । ०७३ जेठ १५ देखि ब्लड बैंकको रुपमा सेवा थालेको सभापति पुलामीले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र सञ्चालनमा पछिल्लो समय आर्थिक समस्या हुने गरेको सभापति पुलामीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय