काठमाडौं ।  नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन् ।  ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर  २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा फायर गरे‍को प्रहरी स्रोतले जनाएको छ ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो । बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

दोलखाको मेलुङ गाउँपालिका-४ घरका गोले  नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय