प्यूठान । जिल्लामा अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक यातायात प्रयोगमा आरक्षण तथा छुट दिन यातायात समितिले प्रतिबद्धता जनाएका छन । स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा.लि. र नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.ले आरक्षण सिट र ५० प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।

ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानको आयोजनामा सरोकारवाला निकायबीच आज भएको समन्वयात्मक बैठकमा
२०७८ चैत ११ गते जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय कार्यान्वयन गर्न समितिले प्रतिबद्धता जनाएका हुन । नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.का कार्यालय प्रमुख दिल बहादुर दसौदीले उक्त निर्णय कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । कानुनमा उल्लेख भएको कुरा कार्यान्वयन गर्न समिति तयार रहेको उहाँको भनाई छ ।

 

ट्राफिक कार्यालय प्युठानका प्रमुख राजेन्द्र कुमार चौधरीले दुर्ब्यबहार र सहुलियत नपाएको गुनासो आएमा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

छलफलमा नियमअनुसार पाउने आरक्षण सिट र सहुलियत दिन यातायात ब्याबसयीले गरेको प्रतिबद्धता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चुडामणि पुनले बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ऐन, नियमावली अनुसार यातायातका साधानमा छुटदिने कानुनी ब्यबस्था रहेको छ । अपाङ्गता भएका ब्यक्तिले सहुलियत पाउन नसकेको गुनासो आएपछि राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले पटक पटक सम्बन्धित निकायमा सहुलियतको लगि कार्यान्वयन गर्नका लागी पहल गर्दै आएको निवर्तमान अध्यक्ष जुमान सिंह के.सी.ले बताउनुभयो । यो छलफलपछि निर्णय कार्यान्वयन हुने आशा पलाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय