प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभाको १५ औं अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको हो ।

नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा पालिकाले एमबिबिएस अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरिएको छ । “गाउँपालिकाले गाउँपालिका भित्रका छात्र एक र छात्रा एक गरी जम्मा २ जनालाई एम.बि.बि.एस डाक्टर पढाउनको लागि छात्रवृत्ति प्रदान गर्ने र पढीसकेपछी ३ वर्ष गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्नुपर्ने नीतिलाई अगाडी बढाईएको छ ।” नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी स्थानीय मदिरालाई ब्रान्डिङ गरि विक्री वितरणको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ
नीति तथा कार्यक्रम ऐरावती गा.पा.



S.K. Creative Media Group