प्यूठान । ‘हो, हामी क्षयरोग अन्त्य गर्छाै, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मुल नाराका साथ मंगलबार मे २४, विश्व क्षयरोग दिवस मनाईदैछ । दिवसको अवसरमा ऐरावती गाउँपालिकाको धुवाङ स्वास्थ्य चौकीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, क्षयरोगका बिरामी लगायत सरोकारवालाको सहभागिता थियो ।
प्यूठानमा हाल १८३ जना क्षयरोगी रहेका छन् । क्षयरोगका कारण यसवर्ष चार जनाले ज्यान गुमाएका छन् । समयमै रोग पत्ता नलाग्दा चालु आर्थिक वर्षको हालसम्म प्यूठानमा ४ जनाले ज्यान गुमाएको कार्यालयका क्षयरोग फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।
प्यूठान नगरपालिकामा ३९, स्वर्गद्वारी नगरपालिकामा ३१, सरुमारानी गाउँपालिकामा ३१ जना, माण्डवी गाउँपालिकामा २१, मल्लरानी गाउँपाकिलामा १५, ऐरावती गाउँपालिकामा १५, नौबहिनी गाउँपालिकामा १५, झिमरुक गाउँपालिकामा ८ र गौमुखी गाउँपालिकामा ८ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।



S.K. Creative Media Group