प्यूठान । स्वर्गीय आमा-बुवाको सम्झनामा परिवारले शालिक स्थापना गरेका छ्न । मल्लरानी गाउँपालिका-४ बाँसखोलामा शाह परिवारले शालिक स्थापना गरेका हुन ।
स्वर्गीय आमा धनादेवी शाह र बुवा रामचन्द्र शाहको सम्झनामा परिवारले शालिक निर्माण गरेका छ्न । आमा-बुवाको सम्झनामा शालिक निर्माण गरिएको जेठो छोरा मदन शाहले बताउनुभयो । `उहाँहरुको सम्झनास्वरुप शालिक निर्माण गरेका हौं ।´ ,उहाँले भन्नुभयो, `अभिभावकहरुको आशीर्वाद सदैव रहनेछ ।´ अभिभावकहरुको स्वर्गीयवासको कामना गर्दै शालिक निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
स्वर्गीय रामचन्द्र शाहको सामाजिक योगदान उल्लेख्य रहेको वडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । बाँसखोलामा रहेको असारेचौर पार्कमा शालिक निर्माण गर्ने प्रयास गरेपनि प्राबिधिक कारणले सम्भव नभएको उहाँको भनाई छ । `असारेचौर पार्कलाई पिकनिक स्पटका रुपमा बिकास गर्न डिपिआर तयार गरेका छौं ।´ ,उहाँले भन्नुभयो, `जग्गाको स्वामित्वका कारण यहाँ शालिक निर्माण सम्भव भएन ।´ पार्कका रुपमा बिकास हुँदै गएको असारेचौरलाई पर्यटकीय गन्ब्यका रुपमा बिकास गर्न पहल भैरहेको उहाँले बताउनुभयो । स्वर्गीय शाहले देखेको सपना अनुसार यहाँको बृहत्तर बिकासका लागि चासो दिन वडाध्यक्ष श्रेष्ठले स्थानीयलाई अनुरोध समेत गर्नुभयो ।
स्वर्गीय रामचन्द्रको ७१ वर्षको उमेरमा सडक दुर्घटनामा २०८१ पुस १४ गते मृत्यु भएको थियो । स्वर्गीय धनादेबीको ६९ वर्षको उमेरमा २०८१ चैत्र २२ गते मृत्यु भएको हो ।



S.K. Creative Media Group