महेश थापा
प्यूठान । नौबहिनी गाउँपालिका-४ सुत्लावाङमा भएको जीप दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
दुर्घटनामा घाईते सुत्लाबाङ निवासी शान्ति पुन, सिमरन पुन, तुषारा निवासी नर बहादुर थापा र पुतला थापालाई बुटवल रिफर गरिएको हो ।
दुर्घटनामा घाईते ३ जना उपचारपछी घर फर्किएका छन भने दुई जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
बाहानेबाट खबाङ सुत्लाबाङ जादै गरेको लु १ च ८०५१ पिक अप जिप आईतवार राती दुर्घटना भएको थियो ।



S.K. Creative Media Group