महेश थापा
प्यूठान । नौबहिनी गाउँपालिका-४ सुत्लावाङमा भएको जीप दुर्घटनामा घाइते मध्ये एक जनाको मृत्यु भएको छ । बुटवल रिफर गरिएका घाइते नर बहादुर थापाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
झिमरुक गाउँपालिका-७ तुषारा निवासी थापा श्रीमति संगै मितको घर जादै गर्दा जीप दुर्घटनामा पर्नुभएको हो । थापाको श्रीमती पुतला थापाको बुटवलमा उपचार भईरहेको छ ।
दुर्घटनामा घाईते सुत्लाबाङ निवासी शान्ति पुन, सिमरन पुनको समेत बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाईते ३ जना उपचारपछी घर फर्किएका छन भने दुई जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
बाहानेबाट खबाङ सुत्लाबाङ जादै गरेको लु १ च ८०५१ पिक अप जिप आईतवार राती दुर्घटना भएको थियो ।



S.K. Creative Media Group