प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाको गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट तथा कार्यक्रम भने प्रस्तुत हुन सकेन ।
कार्यपालिका बैठकले बजेट तथा कार्यक्रम पारित गरेपनि गाउँसभाका केहि सदस्यले बजेटको विषयमा छलफल आवश्यक गर्नुपर्ने बताएपछि बजेट प्रस्तुत नगरि गाउँसभा बैठक स्थगित गरिएको हो । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले प्राविधिक कारणले बजेट प्रस्तुत नभएको बताउनुभयो । उहाँले विवादका बीच अघि बढ्नु भन्दा मिलेर अगाडी बढ्ने गरि असार २८ गते बस्ने गरि बैठक स्थगित भएको जानकारी दिनुभयो ।



S.K. Creative Media Group