पोखरा । कास्कीमा राती देखी परेको लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा दुई जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा तीन वर्षका बालकको मृत्यु भएको छ ।
यस्तै, मादी गाउँपालिका-५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले पुरिएर उहाँको १ छोरीको मृत्यु भएको छ ।
अहिले पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह समेत गरेको छ । त्यसैगरी पोखरा ७ गैरीखेतमा दर्जन बढि घर डुवानमा परेका छन् ।


S.K. Creative Media Group