लमजुङ । लमजुङमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ ।

क्व्होलासोथार गाउँपालिका वडा नम्वर ३ स्थित पोगुममा ६९ वर्षीय मित्रमान गुरुङ उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको वडा सदस्य भोज बहादुर घलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय