प्यूठान । बर्द बहादुर गण खलंगा प्यूठानले आफ्नै ब्यारेकमा वृक्षारोपण गरेको छ । गणले ब्यारेक परिसर भित्र खाली रहेको जग्गामा वृक्षारोपण गरेको हो ।

बिहिवार बिहान गणले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत खाली जग्गालाई उचित सदुपयोग गर्ने गरी आँप, लिची, श्रीखण्ड, कागती,तेजपत्ता लगाएतका विभिन्न जातिका बिरुवाहरु रोपेको गणका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो ।

उहाँले एक सिपाही एकबिरुवा भन्ने अवधारणा अन्तरगत वृक्षारोपण गरिएको उल्लेख गर्नुभयो । वृक्षारोपण कार्यक्रममा १९ नम्बर बाहिनीपति सहायक रथी भुवनपूर्ण सत्यालको विशेष उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण कार्यक्रममा जिल्ला न्यायाधीश पुनराम खनाल, डिभिजन बन अधिकृत शंकर प्रसाद गुप्ता, सुरक्षा निकायका प्रमुख, पत्रकार र नेपाली सेनाका दर्जानीहरुको सहभागितामा १२५ वटा बोटबिरुवा रोपिएको गणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय