रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । बिहीबार बसेको एमाले प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनीत गरेको हो । मनोनीत पर्ने अधिकांश जिल्ला कमिटीको नेतृत्वमा नसमेटिएका छन् ।
मनोनीत हुनेहरुमा तेजेन्द्र केसी (रुपन्देही), डम्बर शर्मा (कपिलवस्तु), टोपवहादुर ओली (पूर्वी रुकुम), किस्मत कक्षपति (बाँके), हुकुमवहादुर बस्नेत (दाङ), लालवहादुर श्रेष्ठ (बर्दिया) र जसमा उमा विक (कपिलवस्तु) रहनुभएको छ ।
वैठकमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नौ वटा प्रस्ताव पेश गर्नुभएको थियो । जसअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समीक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु रहेको सचिव लक्ष्मण आचार्यले बताउनुभयो ।
बैठकले पार्टीको मुखपत्र लुम्विनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, वैठकले १० वूँदे समसामयिक प्रस्तावहरु पारित गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।



S.K. Creative Media Group