कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

 

बुद्धभूमि नगरपालिका-९ इमिलियामा सुदूरपश्चिम प्रदेश ०१–००१–३३५३ नम्बरको बसको ठक्करबाट एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

दुर्घटनामा पाल्पा रामपुर नगरपालिका-५ का रमेश कुमालको मृत्यु भएको हो । उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय