गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।

जिल्लाको मालिका गाउँपालिका-६ अर्जैमा भेष बहादुर कामीको घर पुरिदा परिवारका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अन्दाजी ५५ वर्षीय भेष बहादुर कामी, उहाँको ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता बिक, ८ महिनाकी नातिनी विपना बिक र ८ वर्षीय नातिनी सपना बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय