प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले ३४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्यूठान अस्पताल विजुवार प्यूठानमा भर्ना भएका ४१ जना विरामिहरुको अवस्था बुझ्नुका साथै फलफूल वितरण गरिएको संघले जनाएको छ ।

साथै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्लाद्धारा संचालित रक्तसञ्चार सेवा केन्द्र प्यूठानमा रक्तदान कार्यक्रम गरिएको
संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन संघका महासचिव सन्देश आचार्यले गर्नुभएको थियो । संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेल, कोषाध्यक्ष झवेन्द्र शर्मा, प्यूठान नगर बजार क्षेत्र अध्यक्ष प्यार अलि खाँन , सदस्य प्रलाद भक्त श्रेष्ठले रक्तदान गर्नु भएको थियो ।

प्यूठान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षता तथा प्यूठान नगरपालिकाका नगर उप-प्रमुख देवेन्द्र बर्माको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्यूठान अस्पतालका डाक्टर राजेन्द्र पौडेल, सहित संघका निर्वतमान अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, वजार क्षेत्रका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारी, एशोसियट सदस्यहरु र संधका कार्यसमिति तथा प्यूठान नगर बजार क्षेत्रका पदाधिकारी र सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय