प्यूठान । मल्लरानी गाउँपालिका-१ अर्वाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । सोमबार बेलुका लु.५१ प.२१०४ नम्बरको खैरो कलरको एफ.जेड. मोटरसाइकल दुर्घटनामा प्यूठान नगरपालिका-७ पुण्यखोला बस्ने ३४ वर्षीय अनिल के.सी.को ज्यान गएको प्रहरीले जनाएको छ ।
सडकको ठेक्काको बाटो हेर्न जाने क्रममा मोटरसाईकलआफै अनियन्त्रीत हुँदा के.सी. सडक देखी २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । केसी जेसीबि चालक हुन ।



S.K. Creative Media Group