दाङ । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।
एमालेले समर्थन फिर्ता लिइसकेपछि महरासँग १८ मात्र सांसद रहेका छन । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन । नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद छन ।



S.K. Creative Media Group