पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

 

घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो । ब्लक ईटा र जस्ताले छाएको १ तले कच्ची घरमा घर माथीबाट बिहान करिब ४ बजे आएको पहिरोले पुरेको थियो ।

 

भिमबहादुरकी आमा ५० बर्षीय कमला थापाको सकुसल उद्धार भएको छ । स्थानीय ईलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण कालिका गण मालेपाटनको टोली उद्धारका लागि पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय