काठमाडौं । देशभर मनसुन पुनः सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशभर मनसुन पुनः सक्रिय हुने बताएको हो ।

आगामी तीन दिन ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा उच्च जोखिम भएकोले विपद प्रतिकार्यका लागि तयारीमा जुट्नपर्ने बताइएको छ ।

आज रातिदेखि कोशी, बागमती र गण्डकी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । देशभरमा आगामी तीन दिन बाढी, पहिरो र डुबानको उच्च जोखिम हुने भएकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका १३, मधेशका ८, बागमतीका ७, गण्डकीका ९, लुम्बिनीका ६ जिल्ला उच्च जोखिममा रहेका छन्। आज रातिदेखि मनसुनी न्यूनचापीय रेखा नेपालतिर सर्ने भएको र पश्चिमी न्यून प्रणाली पनि सक्रिय हुने सम्भावना रहेकाले अत्यधिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय