रूकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएकाे छ । जिल्लाकाे रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा निरन्तरको वर्षाको कारण आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको हाे ।
गएराति आठबिसकोटमा नगरपालिका वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
त्यस्तै बाढीले बगाउँदा ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता हुनुभएको छ । भने ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घाइतेको आठबिसकोट स्थित नगर अस्पतालमा उपचार भैरहेको जनाईएको छ ।



S.K. Creative Media Group