काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।
देशभर मौसम बदली रहनेछ, गण्डकी, कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा राति हल्कादेखि मध्यम वर्षा छ । बाग्मती तथा लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी खोलाहरुमा बाढी आएको छ ।
विभागले आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली हुनेछ ।
हिजोबाट प्युठानमा लगातार वर्षा भैरहेको छ । लगातारको वर्षाको कारण साना तथा ठुला नदिको बहाव बढेको छ । स्थानीय प्रशासनले स्थानीयलाई वर्षा जन्य विपदबाट जोगिन सतर्क रहन आग्र समेत गरेको छ ।


S.K. Creative Media Group