काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ, भने एक जना घाइतेको जिवितै उद्धार गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको छ।

सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ कल साइनको विमान बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले जनाएको छ। विमानमा चालक दल सहित १९ जना सवार थिए। सवार मध्ये धेरै विमान मर्मतको लागि जान लागेका इन्जिनियर र प्राबिधिक रहेका छन् । मृतक यात्रुको सनाखत हुन भने बाँकी छ।

त्यस्तै दुर्घटना भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यो दुःखको घडीमा धैर्य रहन सबैलाई अनुरोध गर्नुभएको छ।

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो ।

विमानमा सवार १९ जनाको विवरण 

१) मनीषरत्न शाक्य
२) एस कटुवाल
३) अमिटमान महर्जन
४) सागर आचार्य
५) दिलीप बर्मा
६) मनुराज शर्मा
७) आश्विन निरौला
८) सुदीपलाल जोशी
९) सर्वेश महर्जन
१०) श्याम बिन्दुकार
११) नवराज आले
१२) राजाराम आचार्य
१३) प्रिजा खतिवडा
१४) अधिराज शर्मा
१५) उद्धव पुरी
१६) यज्ञप्रसाद पौड्याल
१७) सन्तोष महतो
१८) पुण्यरत्न शाही
१९) अरिफ रेड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय