पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासाेलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताउनु भएको हो ।
प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासाे पेटिका राख्ने र त्यसकाे प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।”कर्मचारीले दु:ख दिएकाे छ कि ? जनप्रतिनिधिले दु:ख दिएकाे छ कि ?याे कुरा सुझाव पेटिका मार्फत गुनासाे संकलन गर्छाैं” उहाँले भन्नुभयो, “सरकारले प्रदान गर्ने सेवालाई नागरिक मैत्रि बनाउछ । ढिलासुस्ती गर्ने, बहानाबाजी गर्ने छुट कसैलाई छैन । सरकारले नागरिककाे गुनासाे सुन्छ ।” नयाँ सरकार गठन भएदेखि सुशासन, पारदर्शिता र जवाफदेहिताकाे क्षेत्रमा निर्मम ढंगले सरकारले काम गर्न खाेजेकाे स्पष्ट पार्नुभयो ।
“प्रदेश सरकार निर्मम भएर अघि बढ्न खाेजेकाे छ । भ्रष्टाचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययाेजना निर्माण, उपभोक्ता समितिकाे नाममा काम लिने र ठेकेदार मार्फत काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न पाँच लाख माथिका याेजना ठेक्का मार्फत कार्यान्वयन गर्दैछाैं”, उहाँले भन्नुभयो,”यसरी प्रदेश सरकारले नागरिक तहमा बढ्दै गएकाे निरासाहरुलाइ चिर्दै आशामा बदल्न खाेजेकाे छ ।” मुख्यमन्त्री र मन्त्रीहरुलाइ आचारसंहिताकाे बन्धनमा राखिएकाे, जसबाट मन्त्रीकाे जिल्ला भ्रमणमा हुने फजुल खर्च नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले रिक्त कर्मचारीकाे दरबन्दी पुरा गर्ने याेजना बनाएकाे सुनाउनुभयो । उहाँले झण्डै २ हजार कर्मचारी लाेकसेवा मार्फत पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियाे ।