टुआर क्षेत्री

पोखरा । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो ।

२२ रनमा २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले सतकीय साझेदारी गरेका थिए । जोरी ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य-शुन्य रनमा आउट भए । बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् । पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिएका थिए ।
यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय