माधब बेल्वासे
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम सी विप्लवले नेपालको भविष्य समाजवादवाट मात्र सम्भव हुने बताउनुभएको छ । समाजवाद उन्मुख नेपाल निर्माणको लागि राजनैतिक दलहरूबिच सहकार्य आवश्यक रहेको महासचिव विप्लवले बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा शुक्रवार आयोजना गरेको वर्तमान राष्ट्रिय सङ्कट र समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई संम्वोधन गर्दे महासचिव विप्लवले युवाहरूमा नेपालमा भविष्य नभएको सोचाई हाबी भएर विदेश पलायन भइरहेका बेला युवाहरुलाई स्वेदशमै रोक्नको लागि समाजवाद मोडलमा देश अगाडी वढनुपर्ने उहाँको तर्क थियो।

देशमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरूले आर्थिक सङ्कट भोगिरहेकाले त्यसको समाधानको लागि सरकार प्रतिबद्ध हुन आवश्यक छ । उहाले भन्नुभयो, आर्थिक कोरिडोरको रूपमा रहेको चन्द्रौटा कृष्णनगरमा स्थापित उद्योगहरू धमाधम बन्द भइरहेकाले दिगो समाधानको लागी यस वारे प्रधानमन्त्री सँग छलफल गर्ने बताउनुभयो ।

महासचिव विप्लवले जिल्लाको शिवगढीमा केवलकार निर्माणको विषयमा नंया मोडलले काम गर्नुपर्ने भन्दै जनताको सानो सानो रकम सङ्कलनबाट केवलकार निर्माण गरी त्यसको लाभ जनताले पाउने गरी केवल कार निर्माण गर्न सकिने बताउनुभयो ।

नेकपाले चन्द्रौटामा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सङ्घ संस्था र उद्योगी व्यावसायिक प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय