सिर्जना थापा

हिजो बाले कृषि गरे आज म तेतै तिर जादै छु ।
भोलि बाले कृषिबाट के भयाे ? भनेर प्रश्न गर्दा
त्यही प्रश्नको जवाफ खोज्न म कृषितिर लम्कदै छु ।

गाउँमा बारी बाझै भए शहरमा घर ठडीए ।
बाजे बजैले दु:ख गरेर जोरेको सम्पति आज यतिकै बाझिए ।

छाडीदेउ सरकार उद्योग कलकारखानामा लगानी गर्न ।
लाज लाग्न थालि सक्यो सरकार आफ्नै देशको गती हेर्न ।

भाषण र शासन चलाउदै हिडछ कृषि प्रदान देश हो भनेर ।
सोझा साझा जनताको पैसा लुटी पैसा गनेर ।

सुनेकी थिए,
नेपालको माटोमा उर्भरा शक्ति छ रे ।
किसानलाई मर्का पारेर बाहिर देशबाट खाद्य मगाउँदै छ रे ।

विदेशीलाई साहुको वचन मलम भयो रे
नेपालमा कृषि गर्दा प्राकृतिक घाम पनि चर्को भयो रे ।
विदेश गएका दाजु भन्छन्,
टाढा भएका छिमेकी, आफन्त पनि पलायन भएपछि आफ्ना भए रे।

गाउँ घरमा कुरा काट्छन सरकारले रोजगार दिएन भनेर ।
कसैले चिन्ता गर्दैन किन गाउँमा बारी बाझिए भनेर ।
सबैलाई बिहान बेलुका ताजा तरकारी अनि चिसो एसी र घुम्ने कुर्ची चाहीने रे ।
एकछिन बारीमा खेती गरौं भन्दा उनीहरूलाई थकाइ लाग्ने रे ।

नेपाली है स्वास्थ्य यसै बलियो छ ।
केही गरी स्वास्थ्यमा समस्या आयो भने छिमेकीलाई गुहार्नु पर्दैन ।
अग्ला अग्ला पहाडको जडीबुटीमा लगानी गर्ने हो भने छिमेकीलाई पछार्न केही बेर लाग्दैन ।

झिलिमिली पार्न प्रशस्त पैसा चाहिदैन, प्रशस्त बिजुली छ नेपालमा ।
हामी कति धनि छौ हेर त,
नेपालले त पानी र बिजुली पनि बचेको छ छिमेकमा ।

किसानहरु सानो कुरामा लोभिन्छन ।
आकाशबाट एक थोपा पानी खस्दा पनि खुसीले गदगदाउछन ।

म अहीले नै भन्छु,
विदेश पलायन नगरी देऊ सरकार ती आटिला युवालाई ।
कृषि गर्ने हो भने बिहान बेलुका छाक टार्न सजिलो छ ।
नेपाली आमाले जन्माएको रगत नसा नसामा छ ।
नडराउ सरकार लगानी गर नेपालमा कृषि सम्भव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय