बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ विच भेटवार्ता भएको छ । बुटवलमा शनिबार भएको भेटवार्तामा संघीयता कार्यान्वय र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको हो ।

अन्तरप्रदेश विचमा असल अभ्यास र सिकाईहरुलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजा र कतिपय सामाजिक मुद्धाहरुको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा मुख्यमन्त्री आचार्यले भनाई राख्नु भएको छ । प्रदेशलाई बलियो बनाउनेगरी अधिकारहरुको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका प्रभावकारी बनाउदै लगेको, बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकरले अघि बढाएका योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।

‘समृद्ध लुम्बिनी, आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश सरकारले आफ्नो भूमिकाहरु बढाउदै लगेको छ । नीतिगत सुधार गर्दै हाल सम्म बनेका ऐन, कानुनहरुको कार्यान्वयनलाई समेत प्रभावकारी बनाउन ध्यान दिएका छौं’मुख्यमन्त्री आचार्यले भेटमा भन्नुभयो,‘योजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई दिर्घकालिन रुपमा हल गर्नेगरी सरकारले भूमिका बढाएको छ ।’
प्रदेशहरुबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश सरकार विचमा समृद्धिलाई सघाउनका लागि साझा नीति तथा रणनीतिको बारेमा समेत छलफल भएको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

 

यसका साथै प्रदेशमा सञ्चालन हुने ठूला पूर्वाधार परियोजना, सिमावर्ती क्षेत्रहरुमा विकासका लागि समन्वयको हात बढाउने बारेमा पनि कुराकानी भएको छ । प्राकृतिक स्रोतहरुको साझा उपयोग र संरक्षण, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनिकरण तथा खोज तथा उद्धारमा सहकार्य गर्ने बारेमा समेत चर्चा गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रमुख नीजर मियाँले प्रदेशको विच सहकार्य, समन्वयलाई थप गति दिनेगरी भूमिका बढाउनुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय