
पाल्पा । पाल्पा तिनाउ गाउँपालिका वडा नं २ दोभान बुढासडकका सुरज सोमैको विष्फोटक पदार्थ विष्फोटन हुदा मृत्यु भएको छ । बुढासडकमा मदन सोमैको घर पछाडि आँगनमा सलाईको काटीबाट माछा मार्नको लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोटन हुदा सोही ठाउँ बस्ने २८ वर्षीय सुरज सोमैको मृत्यु भएको हो ।
विष्फोटक पदार्थ अचानक पड्किदा घाइते भएको सोमै उपचारको क्रममा बुटवल हस्पिटल प्रा.लि बुटवल रुपन्देहीमा मृत्यु भएको हो । घटनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङ्गर नगर रुपन्देहीका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी सुनिल मल्लले बताउनुभयो ।
घाइते भएका २१ वर्षीय कोशिस भुजेलको अवस्था चिन्ताजनक रहेको र २८ वर्षीय कुशल भुजेलको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।