
बुटवल । साहित्यकार छबिलाल पाठकले लेखेको कृति धौलागिरी छायामुनि बिमोचन गरिएको छ । लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देहीको आयोजनामा शनिबार एक समारोहका बीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कृति बिमोचन गर्नुभएको हो ।
बिमोचन गर्दै सभामुख घर्तीले पठन संस्कृतिको बिकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पठन संस्कृतिको अभावमा समाज अराजकता तर्फ गईर्हेको बताउदै समाजलाई सकारात्मक दिशा तर्फ लैजान साहित्यकारहरुको भुमिका आवश्यकता रहेको औल्याउनुभयो ।
लेखक साहित्यकार छबिलाल पाठकले धौलागिरी छायामुनी पुस्तक १० कक्षा अध्ययन गर्दाको अवस्थाको बारेमा बृतान्त लेखिएको उल्लेख गर्नुभयो । उहाँले दस्तावेजको रुपमा यसलाई लिइएको उनले बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी , टिप्पणीकार ऋषिराम भुसाल, बरिस्ठ अधिवक्ता तेज प्रसाद कंडेल, समिक्षक एवं लुम्बिनी बाङमय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, प्रेस स्वतन्त्रता सेनानी डा बालकृष्ण चापागाईं, साहित्यकारहरु दल बहादुर गुरुङ , राजेन्द्र कुमार आचार्य लगायतले पुस्तकको गहिराईको बारेमा चर्चा गर्नुभएको थियो ।
लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देही अध्यक्ष पुरुसोत्तम पाण्डेको अध्यक्षता तथा जिल्ला सचिव कृष्ण गाउलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २८१ पृष्ठ लामो पुस्तक ईन्डिगाे ईन्क प्रा लि काठमाडौंले प्रकाशन गरेको हो ।