प्यूठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा ब्यबस्थित खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ । ठुलाबेसी सामुदायिक बिकास मंचले गौमुखी गाउँपालिकाको केन्द्रबिन्दुमा पालिका स्तरीय खेलकुद मैदान निर्माण गर्न लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा सहरी बिकास मन्त्री सरोज थापा (रोज राणा)लाई मागपत्र बुझाएको हो ।

खेल मैदान नहुदा खेलकुद लगाएतका ठुला कार्यक्रम संचालन गर्न अप्ठ्यारो परिरहेको संस्थाका अध्यक्ष केशव बहादुर केसीले बताउनुभयो । ठुलाबेशीको कुरिलाचौरमा खेलमैदानको लागी संस्थाको नाममा करिब ७ रोपनी जग्गा प्राप्त गरेको समेत उहाँले बताउनुभयो ।

गौमुखी गाउँपालिकाको सबैलाई पाएकपर्ने स्थानमा खेलमैदान रहेको र खेलकुद सम्बन्धि हरेक गतिविधि संचालन गर्नका लागि मैदानलाई दीर्घकालीन तथा ब्यबस्थित गराउन खेलमैदान निर्माण, शौचालय निर्माण, खानेपानी, आवस्यक भवन र नदि नियन्त्रण गर्न आवस्यक बजेट बिनियोजनका लागी मन्त्रीलाई माग पत्र बुझाएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय