काठमाडौं । साविक स्थानीय निकाय गाबिस र जिविसमा कार्यरत् भई हाल गाउँपालिका र नगरपालिकामा समायोजन भएका कर्मचारीहरुको सेवा निवृत्त सुविधाको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप स्पष्ट पारेको छ । स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको सुविधाको सम्बन्धमा ९ पुसमा मन्त्रीपरिषदले गरेको निर्णयको सम्बन्धमा थप स्पष्ट पार्दै मन्त्रालयले पालिकाहरुलाई पत्राचार गरेको हो ।

मन्त्रालयले १३ माघमा ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेर स्पष्ट पारेको मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार परिपत्रमा साविक जिल्ला विकास समितिका कर्मचारीहरुको हकमा अर्को व्यवस्था नभएसम्मको लागि नेपाल सरकारले सेवा निवृत्त सुविधा उपलब्ध गराउने उल्लेख छ ।

पत्रमा स्पष्ट पार्दै भनिएको छ–‘साविक जिविसमा नियुक्ति भइ गाउँपालिका÷नगरपालिकामा समायोजन भएका र समायोजन ऐनको दफा ६ (३) बमोजिम प्रदेश वा स्थानीय तहमा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीको सेवा निवृत्त सुविधा अर्को व्यवस्था नभएसम्मका लागि नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको’ उल्लेख छ ।

‘साविक गाउँ विकास समिति तथा नगरपालिकामा स्थायी नियुक्ति भई हाल गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका कर्मचारीको अवकाश पश्चतको सुविधा उक्त निर्णयले नसमेटेको हुँदा साविकको व्यवस्था अनुसार नै गर्नुपर्ने व्यहोरा स्पष्ट गरिन्छ ।’ स्थानीय पालिकाहरुलाई पठाइएको सो पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय