प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको बुधबार उद्घाटन हुने भएको हो ।
झिमरुक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको मंगलबार पालिकाकामा बसेको समिक्षा बैठकले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिताको जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झिमरुक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक तथा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने तयारी भएको छ। खेलकुद कार्यक्रम भने बिहान १० बजेदेखि सुरु गरिने निर्णय भएको जानकारी दिनुभयो ।
खेलकुद झिमरुक गाउँपालिका-५, मच्छी स्थित झिमरुक नदि किनारमा रहेको नवनिर्मित खेल मैदान मैनाकेमा हुने भएको छ। १३ वटा माबी मध्ये दुरीको हिसाबले अलि टाढाको ६ वटा बिद्यालयलाई ब्यवस्थापनको लागि ६ हजार थप गरि ३६ हजार रुपैया एक बिद्यालयले रकम उपलब्ध गराउने र दुरीको हिसाबले नजिक रहेका ७ वटा बिद्यालयलाई रु १ हजार थप गरेर ३१ हजार रकम दिने निर्णय भएको जानकारी दिएको छ ।
छात्रछात्रा अन्तर्गत भलिबल, कबड्डी तथा एथलेटिक्स तर्फका विभिन्न बिधाहरुमा खेल संचालन हुने शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । खेलकुदलाई थप व्यवस्थित गर्न बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई समेत परिचालन गरिने जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक तथा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, शिक्षा शाखा प्रमुख मोहन बिसी, निर्देशक समितीका सदस्य तथा माबि तहका खेल शिक्षकलाई समेत आमन्त्रण गरिएको थियो ।



S.K. Creative Media Group