
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको नवौँ अधिवेशनले कृष्ण कार्कीलाई पुन अध्यक्षतामा निर्वाचित गरेको छ । कार्की यसअघिको समितिमा पनि अध्यक्षमा चयन हुनुभएको थियो । समितिको उपाध्यक्षमा शोभाकान्त पाठक र रीमा सोमै, सचिवमा दयाराज न्यौपाने, सहसचिवमा भुवन रायमाझी र कोषाध्यक्षमा नेत्र गैरे चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा खुमबहादुर पौडेल, प्रेम बाकाबल, खेमराज पाण्डे, जनकराज भट्टराई, गुणवती केशी, सुमित्रा कँडेल र हरिबहादुर विक चयन हुनुभएको छ । अधिवेशनले बन्दना पोखरेल, टीकाराम बस्याल र सन्तोष बस्याललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ भने नवराज ज्ञवाली, सन्तोष ज्ञवाली र गीता ज्ञवालीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको प्रेम चौतारी नेपालका केन्द्रीय सदस्य नरभूपाल विश्वकर्माले जानकारी दिनुभयो ।