प्यूठान । साहित्य परिषद प्यूठानले जिल्लाका विभिन्न श्रष्टा तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार साहित्य परिषद् प्यूठानको दशौं अधिवेशनको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

भुपेन्द्र स्मृति काव्य पुरस्कार कमल पोख्रेल, कप्तान नरलीला स्मृति साहित्य पुरस्कार मोहन गिरी, बालादेवी चक्रमाया स्मृति साहित्य पुरस्कार निम बहादुर थापा, नव प्रतिभा पुरस्कार वीपी सेढाईलाई प्रदान गरिएको छ ।

त्यसैगरी मीना साहित्य पुरस्कार राजकुमारी कुँवर, ठइदेवी साहित्य पत्रकारिता पुरस्कार लिला पुनलाई प्रदान गरिएको छ । साहित्य परिषद प्यूठानले प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जुनकुमार कक्षपतिलाई सम्मान गरेको छ । कार्यक्रममा साहित्य परिषद प्युठानले नियमित रुपमा प्रकाशन गर्दै आएको मुखपत्र सुमनको समेत विमोचन गरिएको थियो ।


कार्यक्रममा जिल्ला स्तरीय गजल लेखन तथा वाचन प्रतियोगितामा प्रथम श्याम विष्ट, लक्ष्मी मगर र लालिमाया थापालाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यबाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता र  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्रध्यापक डाक्टर गोविन्द पौडेल (गोपिन्द्र) विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय