प्यूठान । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले कर्मचारी संयन्त्रले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जनउत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाल कर्मचारी युनियन प्यूठानको नबौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद गिरीले कर्मचारी सम्यतन्त्र जागिर खाने मात्रै होईन परिमाण आउने गरि जनतालाई गुणस्तरीय सेवा प्रवाहमा जनउत्तरदायी भएर खट्नुपर्ने बताउनुभयो भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको सांसद गिरीले सबै तह मातहतमा कार्यरत कर्मचारीले सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य र जनता प्रति जनउत्तरदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो,`सुशासनको प्रमुख बिशेषता अगालेर काम गर्नु नै कर्मचारीको दायित्व हो, तर सरकारले पनि कर्मचारीको जीवन निरबाहका निम्ति गम्भीर भएर सोच्नै पर्छ ।´ त्यसको लागि प्रदेश सरकारले कर्मचारीको पक्षमा काम गर्दै आएको बताउनुभयो ।

सांसद गिरी सम्मानित

लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह सेव ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियन प्युठानले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेशमा कर्मचारीको नीति निर्माण तथा सुधारमा कर्मचारीको गुनासो सुनेको भन्दै सांसद गिरीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको संगठनले जनाएको हो । अधिवेशन उद्घाटन समाहरोहमा संस्थापक अध्यक्ष टेक बहादुर डाँगी, पुर्ब अध्यक्ष अर्जुन कुमार कक्षपति र नारायण पोख्रेल लगातय सेवा निविर्त भएका कर्मचारीलाई सम्मान गरिएको थियो ।

युनियनको नबौँ अधिवेशन कार्यक्रमको अध्यक्षता कर्मचारी युनियन प्युठानका अध्यक्ष खिम बहादुर अधिकारीले गर्नुभएको थियो, भने सहजिकरण सचिब बिष्णु थापाको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय